अमेरिकाले सन्दीपलाई दिएन भिसा



युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ ।

‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।आवश्यक सबै कागजपत्र पेश गर्दा पनि आफूले भिसा नपाएको सन्दीपको गुनासो छ ।

सन्दीपका म्यानेजर रमन सिवाकोटीकाअनुसार लिगका खेलहरु विभिन्न शहरमा हुने भएकाले अमेरिकी भिसा हुँदा आउजाउ गर्न सहज हुन्थ्यो । साथै दोस्रो चरणका खेलहरु फ्लोरियामा हुने सम्भावना भएकाले अमेरिकी भिसा लिन खोजिएको थियो ।तर दूताबासले भिसा दिएन ।

सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्नेछन् । सेप्टेम्बर ४ तारिखबाट सुरु हुने लिगका लागि उनी अगस्ट अन्त्यसम्म पुगिसक्नुपर्छ ।

अनलाइन खबरको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal