चेतन सापकोटाको ‘बुद्ध पठाई देउ’ (भिडियो)



संगीतकार तथा गायक चेतन सापकोटाको स्वर तथा संगीत रहेको गीत ‘बुद्ध पठाई देउ’ सार्वजनिक भएको छ । देश प्रेमले ओत प्रोत गीतमा देशको विकास गर्न एउटा महान व्यक्तिको आवस्यकता रहेको भाव समेटिएको छ । २०६५ सालमा रेकर्ड गरिएको गीत हालै मात्र युट्युबमा सार्वजनिक गरिएको हो । गंगाराम सापकोटाले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियो गायक सापकोटा कै निर्देशनमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal