इन्स्टाग्राममा टाइगर र ऋतिकले एक-अर्कालाई दिए च्यालेज



एक्शन फिल्म “वार” को नयाँ पोस्टर रिलिज भएको छ। पोस्टरमा ऋतिक र टाइगरको एक्सन अवतारलाई देखाइएको छ ।

फिल्मको पोस्टर भाषामा रिलीज तीन भाषाहरूमा भएको छ।आदित्य चोपडाको निर्माण र सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्मको पोस्टरमा बाणी कपूरलाई पनि देखाइएको छ । फिल्म यही अक्टूबर २ मा रिलीज हुँदै छ ।

टाइगरले पोष्टर सेयर गर्दै लेखेका छन – “यस ‘वार’मा केवल एक जना विजेता हुनेछ।”

पोस्टर सेयर गर्दै ऋतिकले पनि लेखेका छन – ‘म मेरो शब्द भन्दा मेरो कार्यको साथ जवाफ दिनेछु। अक्टुबर २ मा भेटौंला

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal