‘एन्टी हिरो’ बन्दै अनमोल



नायक अनमोल केसीको मुख्य भूमिका रहने नयाँ फिल्मको नाम ‘एन्टी हिरो’ राखिएको छ । फिल्ममा अनमोल पिता सदावहार नायक भुवन केसी भिलेनको भूमिकामा देखिँदै छन् । होम प्रोडक्सन दि सुपर काजोल फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म चलचित्र विकास बोर्डमा दर्ता गरिएको हो । फिल्मको छायांकन दशैंपछि सुरु हुने बताइएको छ ।

एक्सन लभ स्टोरी जनरामा निर्माण हुने यस फिल्ममा अनमोलको चकलेटी साथै एक्सन अवतार देख्न सकिनेछ । हाल स्कृप्टको काम भइरहेको फिल्मको लागी निर्देशक तथा अन्य कलाकार भने फाइनल गरिएको छैन । भुवन केसी निर्माता रहने फिल्ममा अनमोलको अपोजिटमा को रहन्छ त्यो प्रतीक्षाको विषय बनेको छ । हाल सम्म कुनै पनि हिरोइनसंग दोहोर्याएर काम नगरेका अनमोलले यस फिल्ममा पनि नयाँ अनुहारसंग स्क्रिन सेयर गर्ने अनुमान गरिएको छ । फिल्म सन् २०२० मा प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal