झापाको विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा विष्फोट (फोटो फिचर)



झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ । तीनवटै वडाको कार्यालय रहेको गरामनी स्थित एक भवनमा सोमबार बिहान ४:३० बजेतिर ठूलो आवाजमा बम विष्फोट भएको हो ।

विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि भद्रपुरबाट घटनास्थल प्रस्थान गरेको छ ।

बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal