आयुषको स्वर रहेको ‘हजार जुनी सम्म’को शिर्ष गीत सार्वजनिक



भारतिय साङ्गितिक रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा चौथो स्थान ओगट्न सफल भएका आयुष केसीको स्वरमा फिल्म ‘हजार जुनी सम्म’को शिर्ष गीत सार्वजनिक भएको छ । गायक उदय सोताङ्गको हिट गीत ‘हजार जुनी सम्म’लाई रि-एरेन्ज गरेर आयुषको स्वरमा रेकर्ड गरिएको हो । गीतमा पवन चाम्लिङ्गको शब्द र योगेन्द्र घतानीको संगीत रहेको छ ।

विकाश राज आचार्य कृत हजार जुनी सम्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइटेल, सलोन बस्नेत, अनुभव रेग्मी, अखिलेश प्रधान, शिवहरि पौडेल लगायतको मुख्य भूमिका रहेको छ । उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा सामिप्यराज तिमिल्सिनाको पटकथा रहेको छ । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्ममा विशाल चाम्लिङको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal