कचनकवलमा सुंयुक्त विद्यार्थी संगठनको प्रर्दशन



झापाको कचनकवल गाँउपालिकाले निर्धारणगरेको शिक्षा नीति गलत भएको भन्दै आज संयुक्त विद्यार्थी संगठनले विरोध प्रर्दशन गरेका छन ।

गाँउ पालिकाले यसै शैक्षिक सत्रबाट लागुहुनेगरि अवलम्बन गर्नलागेको १ विद्यालय १ संकायको नीति गलतभएको भन्दै विद्यार्थी संगठनहरुले कालोपट्टि बाँधेर सिठी फुक्दै विरोध प्रर्दशन गरेका हुन ।

संयुक्त बिद्यार्थी संगठनले एक साता अघि गाउपालिकाको शिक्षाशाखामा सो निर्णयलाई फिर्ता लिन माग गर्दै तिनदिनको अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको थिए । तर स्थानीय सरकारले विद्यार्थीहरुको मागलाई बेवास्थागरि अघि बडन खोजेकाले आफुहरु बाध्य भएर विरोधमा उत्रनु परेको नेपाल विद्यार्थी संघ झापाका सचिब नाराण नेपालले जानकारी दिए ।

विरोध कार्यक्रममा अनेरास्व वियूका झापा जिल्ला सचिब रोशन मोक्तान, अखिर क्रान्तिकारीका केन्द्रीय सदस्य भक्त विकसमेत सहभागिता रहको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal