ललित राईको ‘लेकैको काने’ (भिडियो)



प्रतिभावान गायक ललित राईको पहिलो गीत ‘लेकैको काने’ सार्वजनिक भएको छ । डि.पी खनालको शब्द रचना रहेको गीतमा मनोज थापा मगरको संगीत रहेको छ भने देबेश राईले यस गीतमा संगीत संयोजन गरेका छन् ।

चर्चित डान्स ग्रुप ‘भिमफेदी गाइज’ र नेपाली हाँस्य टेली सिरियल ‘भद्रगोल’ कि कलाकार रक्षा श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छाँयाकन, विकाश ज्ञवालीको सम्पादन तथा भिमफेदी गाइजका निर्मल कुमार लामाको कथा र निर्देशन रहेको छ ।

नेपाली ठेट तथा मौलिक शब्द बोकेको गीतको भिडियोले पञ्चायतकालिन ग्रामीण स्कुले जिवन र प्रेम कथालाई सुन्दर तथा हंस्यौली ढंगमा प्रस्तुत गरेको छ । भिडियो आईत मोक्तानले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal