विन्दु परियारको नयाँ गीत ‘म के गरौं’ सार्वजनिक

गायिका विन्दु परियारको नयाँ गीत ‘म के गरौं’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने आशिष अविरलले संगीत भरेका छन् । उक्त गीतको भिडियोमा नायिका प्रियंका कार्कीको साथमा भिमफेदी गाईज फिचर्ड छन् । भिडियोमा भिमफेदी गाईजको नै कोरियोग्राफी रहेको छ । धीरज जंग शाहको छायांकन रहेको उक्त भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने सम्पादन निशान घिमिरेको रहेको छ ।
भिडियो लिङ्क : https://youtu.be/whANH8qEbgY