फिल्म ‘रातो टिका निधारमा’को प्रदर्शन मिती तय



फिल्म ‘रातो टिका निधारमा’को प्रदर्शन मिती तय भएको छ । आउँदो दशैँमा फिल्म प्रदर्शन हुने भन्दै फिल्मको पहिलो गीत सार्वजनिक गरेको भोलिपल्ट फिल्म निर्माण यूनिटले असोज १० गते (घटस्थापनाको दुई दिन अगाडी)लाई आफ्नो प्रदर्शन मिती तय गरेको हो । यसको पुष्टी निर्देशक असोक शर्माले गरेका छन् । फिल्ममा नायिका सम्राज्ञी राज्य लक्ष्मी शाह संगै नव-नायक अंकित शर्माको मुख्य भूमिका रहेको छ ।

एए ग्रुप अफ कम्पनिजको प्रस्तुती रहेको फिल्म ‘रातो टिका निधारमा’मा सम्राज्ञी र अंकित संगै बुद्धी तामाङ, रबिन्द्र झा, शिव हरी पौडेल, नीता ढुंगाना, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुसाल, जय नन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायतको अभिनय रहेको छ । किरण शर्मा र कृती शर्मा निर्माता रहेको फिल्मको लेखन तथा निर्देशन अशोक शर्माले गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन र मित्र देव गुरुङको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal