‘टेलिफोनको टावर’मा आकाश र अलिशा (भिडियो)



गीतकार अम्बिका गुरुङका गीतले दर्शकको मन छोइरहेका छन् । स्टेज गीतदेखि दर्शकको मनमा छुने गीत लेख्नमा गुरुङ सिपालु छिन् । उनै, गीतकार अम्बिकाले ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको छ । गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ । यो गीतले विशेषगरि, केटाकेटीको रोमान्टिक प्रेम देखाउँछ । गीतका गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन् ।

भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको जोडी सुहाएको छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विधानले यसअघि पनि थुप्रै गीतको भिडियो तयार पारिसकेका छन् ।
राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुत तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal