विशेष शोमा रुचाइयो ‘साइनो’



शुक्रवार काठमाडौँमा फिल्म ‘साइनो’को विशेष शो आयोजना गरिएको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको उपस्थितीमा योजना गरिएको विशेष शोमा फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वका साथै फिल्म पत्रकारहरुको उपस्थिती रहेको थियो । फिल्म हेर्न युवा नेत्री रन्जु दर्शना समेत कुमारी हल पुगेकी थिइन् । फिल्म हेरेका दर्शकहरुले फिल्म उत्क्रिस्ता बनेको प्रतिकृया दिएका छन् । साइनोलाई धेरैले ‘अर्गानिक नेपाली फिल्म’ भएको प्रतिकृया दिए ।

नेपाली फिल्म क्षेत्रकी प्रथम नायिका भुवन चन्दको निर्माण रहेको उक्त फिल्ममा नायिका नीता ढुंगाना, मिरुना मगरका साथै नव-नायक राजकुमारको मुख्य भूमिका रहेको छ । रमेश थापाको निर्देशन रहेको फिल्म हेरे पश्चात मिडियालाई प्रतिकृया दिँदै उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले फिल्मले सामाजिक कथा वस्तु उठान गरेको र भविष्यमा अझै गहन विषयमा फिल्म बन्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal