‘रातो टिका निधारमा’को पहिलो गीत ‘मेरो माया के हो’ सार्वजनिक



फिल्म रातो टिका निधारमाको पहिलो गीत ‘मेरो माया के हो’ सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी फिल्ममा समावेश उक्त गीत सार्वजनिक गरिएको हो । रवी मल्लको शब्दमा कल्याण सिंहको संगीत रहेको सार्वजनिक गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य दुई कलाकार साम्राज्ञी राज्य लक्ष्मी शाह र अंकित शर्मा फिचर्ड छन् ।

एए ग्रुप अफ कम्पनिजको प्रस्तुती रहेको फिल्म ‘रातो टिका निधारमा’मा सम्राज्ञी र अंकित संगै बुद्धी तामाङ, रबिन्द्र झा, शिव हरी पौडेल, नीता ढुंगाना, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुसाल, जय नन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायतको अभिनय रहेको छ । किरण शर्मा र कृती शर्मा निर्माता रहेको फिल्मको लेखन तथा निर्देशन अशोक शर्माले गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन र मित्र देव गुरुङको सम्पादन रहेको रातो टिका निधारमा यही आउँदो दशैँमा प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal