धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ निर्माण घोषणा



कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गर्न लागेको फिल्म ‘सेन्टी भाइरस’को औपचारिक निर्माण घोषणा भएको छ । काठमाडौँमा एक कार्यक्रमका बिच फिल्मको घोषणा संगै कलाकार परिचय गरिएको हो । निर्देशक रामबाबु गुरुङको निर्देशन रहने फिल्ममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मुख्य भूमिकामा रहनेछन् ।

धुर्मुस सुन्तली संगै फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्य लगायतको समेत अभिनय रहनेछ । सामाजिक कथावस्तुमा आधारित रहने फिल्मका निर्माता डिन्डु लामा हुन् भने सह–निर्माताको रुपमा फूर्पा लामा रहेका छन् ।


कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहने छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआरको काममा समय लाग्ने भएका कारण यो बिचमा फिल्मको छायांकन सक्न लागेको सिताराम कट्टेलले बताए । फिल्म सुबिहानी फिल्मस् प्रा।लिको ब्यानरमा निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal