‘जाइरा’ ट्रेलर सार्वजनिक



नायिका नम्रता श्रेष्ठ, नायक प्रमोद अग्रहरी र नव नायिका श्रृजना रेग्मीको मुख्य भूमिका रहेको फिल्म ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा मुख्यतया नायिका नम्रता श्रेष्ठ र नव नायिका शृजना रेग्मी बीचको द्वन्द देखाइएको छ ।

आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा नम्रता, प्रमोद र शृजनासंगै अनुप विक्रम शाही, रेमन दास श्रेष्ठ, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ । नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्सको प्रस्तुती रहेको फिल्ममा निर्देशक आशुतोषकै कथा रहेको छ भने पटकथा आशुतोष र निरोज महर्जनको रहेको छ । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द रहेको छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यो फिल्म भदौ ६ गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal