नीताको साहारा प्रज्वल (भिडियो)



एक्शन लभस्टोरी फिल्म ‘सोच’मा समाबेश ‘तिमीले मलाई साहारा’ बोलको गीत सार्वजनीक गरिएको छ । भदौ २० गते प्रदर्शन हुने फिल्मको गीतमा नीता ढुंगाना र प्रज्वल गिरीलाई प्रेमाभावमा प्रस्तुत गरिएको छ ।

शंकर अधिकारी घायलले लेखेको सार्वजनीक गीतमा योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ । पुजन सिंह (प्रभाकर प्रकाश)को निर्देशनमा निर्माण भएको फिल्ममा नीता र प्रज्वलका साथमा नवनायक पूजन सिंह प्रमुख भूमिकामा छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मका अन्य कलाकारमा बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायत छन् ।

गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्म बिदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा तथा सम्वाद रहेको सोचमा एनबी महर्जनको द्धन्द्ध निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन रहेको छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा भरपुर मनोरञ्जनका लागि समाजोपयोगी सन्देशसमेत रहेको दावी निर्देशक पुजनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal