एयर होस्टेस बन्दै श्रद्धा कपूर



एजेन्सी– श्रद्धा कपूर अहिले बलिउडकी नीकै चर्चीत  हिरोइन हुन्। उनीले  विभिन्न नयाँ नयाँ भूमिकामा अभिनय निभाउदै आएकी छिन। अब, उनी पहिलो पटक एयर होस्टेसको भुमिकामा देखिदैछिन् ।

भारतिय मिडिया अनुसार, श्रद्धा अब ‘बागी ३’मा एयर होस्टेसको भुमिका निभाउदै छिन् । श्रद्धालाई पुरै एयर होस्टेसको लुकमा ढाल्नको लागि बागी ३ को टीमले श्रद्धाको लुकमा काम गर्न सुरु गरिसकेका छन् । उनी यो फिल्मको लागि एयर होस्टेस बन्न ट्रेनिङ्ग पनी लिनेछिन् । फिल्मको सुटिंग मुम्बई , आग्रा हुदै देश बाहिर गरिनेछ । श्रद्धा मुम्बईमा भने  सेप्टेम्बर देखि फिल्मको सुटिङ सुरु गर्नेछिन् ।

यो फिल्म मा टाइगर श्राफ पनी वील्ड मेसिन, शर्टगन, पिस्टोल्स र अरु हातहतियार चलाउन सिक्ने छन् । यसका लागी उनी इजराइल गएर ट्रेनिङ्ग लिइरहेका छन् । साथै श्रद्धाले पनि फिल्ममा एक्सन स्टन्ट गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal