‘मारुनी’ ट्रेलर सार्वजनिक



नायिका सम्राज्ञी आर एल शाह, पुष्प खड्का र रेबिका गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्मका मुख्य तिन पात्रको त्रिकोणात्मक प्रेम देखाइएको छ ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी, पुष्प र रेविका संगै अर्जुन श्रेष्ठ, आयुश प्रधान, बिनोद भट्टराई, सम्पदा बानियाँ लगायतको अभिनय रहेको छ । गोविन्द फुयाँल र नवल नेपालको लेखन रहेको फिल्ममा नवल नेपालको निर्देशन रहेको छ ।

फिल्ममा अर्जुन पोखरेल, दिपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, प्रविन सिंह, विक्रम लामा, एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । फिल्म भदौ १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal