फिल्म ‘म’ निर्माण घोषणा



फिल्मका विभिन्न बिषयमा अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा फिल्म ‘म’ निर्माण हुने भएको छ । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्ममा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, अनिल कँडेल, संजोग रसाइली, कुसुम गुरुङ, रेविका गुरुङ, बाल–कलाकारको रुपमा उनव श्रेष्ठ र सम्पन्न ढकाल लगायतको मुख्य भूमिका रहनेछ ।

कान्तिपुर फिल्म एकेडेमीका सीइओ समेत रहेका प्रकाश पुरीले कलेजबाट नै सिकेका विद्यार्थीेहरुसँग सहकार्य गर्दै यो फिल्म निर्माण गर्न लागेको बताए । फिल्मका निर्देशकदेखि मुख्य कलाकारसम्म कान्तिपुर फिल्म एकेडेमीमै अध्यन गरेका विद्यार्थीहरु हुन् । तेन्जिन पाल्देनको छायांकन रहने फिल्ममा एउटा मात्र गीत रहनेछ । जसमा जितेन लेप्चाको शब्द, संगीत तथा स्वर रहनेछ । फिल्ममा एक कविता समावेश हुनेछ जसमा संगीत किरण बरालको हुनेछ भने आवाज वरिष्ठ संचारकर्मी तथा निर्देशक भुषण दाहालको रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal