फिल्म ‘षट्कोण’ निर्माण घोषणा



फिल्म ‘षट्कोण’ निर्माण हुने भएको छ । आइतवार काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गरी फिल्मको घोषणा गरिएको हो । फिल्मलाई मिलन डी काप्रीले निर्देशन गर्नेछन् । मनोबैज्ञानिक रहस्यमा आधारित रहने फिल्ममा नायक कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक विराज कडरिया, शिशिर बनेम लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मका लागी फिमेल लिडको खोजी भइरहेको निर्माण टिमले बताएको छ । ‘षट्कोण’मा नायक कर्मा शाक्य पत्रकारको भूमिकामा प्रस्तुत हुनेछन् । क्लेमेन्टाइन प्रोडक्सन प्रालिको निर्माण रहने फिल्ममा शिशिर बनेमको कथा/पटकथा र महेश दवाडीको संवाद, आङछेन लामाको छायाँकन रहनेछ । भदौ १८ देखि फ्लोरमा जान लागेको फिल्म काठमाडौँ र भीमफेदीमा खिचिने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal