‘एसियाज् टप २५ डिजेज्’ प्रतिस्पर्धामा नेपालका डिजे रुकेन श्रेष्ठ



करिब आधा दशक अगाडी देखी डिजीइङ गर्दै आएका डिजे रुकेन श्रेष्ठ ‘एसियाज् टप २५ डिजेज् अफ २०१९’मा प्रतिस्पर्धा गरिरहेका छन् । हरेक बर्ष इ.डि.एम.डिरोइड एसियाको आयोजनामा यस प्रतियोगीता आयोजना हुँदै आएको छ । यस पटकको प्रतिस्पर्धामा नेपालका तर्फबाट डिजे रुकेन सहित अन्य केही डिजेहरु सामेल भएका छन् ।

भोटिङको आधारमा टप २५ डिजे छनोट गरिने उक्त प्रतियोगितामा उत्कृष्ट २५ भित्र सामेल हुनका लागी भोटको आवश्यक परेकाले डिजे रुकेनले भोटको अपिल गरेका छन् । भोटिङको लागी अन्तिम मिती अगस्ट १५ तारिक रहेको छ ।

हाल काठमाडौँका विभिन्न क्लबमा डिजेइङ गर्दै आएका रुकेनले डिजेइङ पेशा शहरी क्षेत्रमा चर्चित भए पनि यसप्रती मानिसहरुको साकारात्मक सोचको विकास अझै नभएको बताए । नेपालमा पनि डिजेइङ गरेर स्तरिय जीवन जिउन सकिन्छ र नेपाली डिजे पनि अन्तर्राष्ट्रिय स्तरका हुन्छन् भन्ने प्रमाणित गर्नका लागी पनि आफु यस प्रतियोगितामा सहभागी भएको रुकेनले बताए ।

तलको लिङ्क खोलेर उनलाई भोट गर्न सकिन्छ :
http://www.edmdroid.asia/asias-top-25-dj-of-2019

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal