‘सयकडा दश’ निर्मात्री रज्जु प्रधान माथि ठगीको आरोप



केही समय अगाडी प्रदर्शनमा आएको फिल्म ‘सयकडा दश’ लगायतका फिल्मकी निर्मात्री रज्जु प्रधान माथि ठगीको आरोप लागेको छ । उनी बिरुद्ध बैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दामा वैदेशिक रोजगार विभागमा मुद्धा दायर भएको हो ।

प्रधानले काठमाण्डौ घट्टेकुलो बस्ने शोभा सिवाकोटीलाई वि सं २०६८ सालमा अमेरिका अथवा यूरोप लगिदिने भन्दै १५ लाख रुपैयाँ लिएको उल्लेख गरिएको छ । आफ्नो पैसा लिएको र पछि वैदेशिक रोजगारमा पनि नपठाएको भन्दै पिडितले उजुरी दिएकी हुन् ।

प्रधानले पैसा फिर्ता नगरेको भन्दै पीडित शोभा सिवाकोटीले वैदेशिक रोजगार विभागमा मुद्धा दायर गरेकी छन् । आफ्नो पैसा फिर्ता माग्दा बरु मुद्दा लडेर १० वर्ष पछि दिन्छु भन्ने गरेको पिडित पक्षको गुनासो रहेको छ ।

वैदेशिक रोजगार विभागले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई २०७५-११-०९ मा चं नं १५९०-०७५-७६ पत्र काटी कसुरदार पक्राउ गरी उपस्थित गराइदिने भन्दै पत्र लेखेको थियो । अहिले उनी वैदेशिक रोजगार विभागमा १५ लाख धरौटी राखी रिहा भएर तारेख धाउँदै छिन् ।

पिडित शोभा शिवाकोटी कलाकार कृष्ण शिवाकोटीकी श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal