अमरदिपको निर्देशनमा नारदको ‘लुकी लुकी’ (भिडियो)



गायक नारद दाहालको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । दिपक शर्मा धिमालको शब्दमा राज सागरको संगीत रहेको ‘लुकी लुकी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

निशाल पौडेलको छायांकन र शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको भिडियो अमरदिप सापकोटाले निर्देशन गरेका हुन् । भिडियोमा कोरियोग्राफी प्रबिन थापाको रहेको छ ।

एक तर्फी मायाको कथा समेटिएको भिडियोमा अन्जलि अधिकारी र निकेश बरालको अभिनय रहेको छ भने बिक्रम खड्का, चुडा प्रसाद उप्रेति र अर्जुन तिमल्सिना लगायतलाई समेत भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal