मोटोपन घटाउने घरायसी उपाय



दुब्लो पातलो शारीर सबैको चाहना हो । किशोर -किशोरी देखी वृद्द- वृद्धा सम्म सबैलाई आफ्नो शरीर दुब्लो पातलो र फूर्तिलो रहोस भन्ने चाहना हुन्छ, तर के सबैको यो चाहना पुरा भएको छ त ? मोटोपन बढाउन धेरै सरल छ भने तौल घटाउन तेतिनै मुस्किल । तर हामीले आफुलाई सहजै फिट राख्न केहि सकारात्मक प्रयास गर्न सक्छौ ।

केही डाइट प्लान

-बिहानको ब्रेकफास्ट मा प्रोटिन युक्त खानेकुरा हुनुपर्छ । जस्तै:- अण्डा, फलफूल, सिरियल्स-कर्न  फेलोक्स, दही तथा ग्रीन टी जस्ता खानेकुरा हुनुपर्छ । यस्ता प्रोटिन युक्त खानाले हाम्रो शरीरको तौल घटाउन सहयोग गर्दछ ।

-केही नखाई डाईटिंग बस्नु  शरीरको लागी झन् घातक हुन सक्छ । त्यसैले छोटो छोटो समयमा केहि न केहि खाईराख्नु  पर्छ तर अघाउजी अथवा पेट तन्किने गरी भने खानु हुदैन ।

– गर्मी मौसममा हामी अरु समयको भन्दा बढी मात्रामा पानी पीउने गर्दछौ । तर ध्यान राख्नुहोस खाना खाईरहदा अथवा खाना खाने बित्तिकै पानी पीउन हुदैन । यधपी यसले हाम्रो पाचन प्रकृया सुस्त पार्दछ । पानी पिउनै छ भने खाना खानु भन्दा कम्तीमा १५ /२० मीनेट अघीअथवा पछी पिउन सकिन्छ ।

– रातीको खानामा सकेसम्म कम क्यालोरी युक्त खानेकुरा खानु पर्दछ । सूप अथवा झोल पदार्थमा बढी जोड दिनुपर्छ ।

केही फिटनेस प्लान |

– बिहान होस या सझ हरेक दीन हिड्नुपर्छ । कम्तीमा लगातार २५ मिनेट  हिड्नुपर्छ ।

-दिनको १० देखी १५ मीनेट शरीरमा पसीना आउने गरी कसरत वा व्यायाम गर्नुपर्छ ।

-धेरै  सुत्ने बानी छ भने आजै बाट हटाउनुस, खाना खाने बित्तिकै सुत्न हुदैन ।

के खाने के नखाने |

-सोडा अथवा कार्बोनेटेड डि्रंक्सको साटो फ्रेस जूसलाई प्रँथमिकता दिनु पर्छ ।

-फलफूल, जूस अथवा ड्राइ फूड खान सकिन्छ  ।

-मैदा बाट बनेका खानेकुरा बाट टाडै रहनुपर्छ ।

-हरेक दिनको खानमा फलफूल, ग्रीन सलाद आदिलाई समावेश गर्नुपर्छ ।

-झोल पदार्थ जस्तै सूप, ग्रीन टी, पानी बडी  पिउनुपर्छ।

– चिनी वा गुलीयो खानेकुरा खानुहुदैन ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal