‘सेल्फी किङ्ग’ बन्दै विपिन



फिल्म ‘सेल्फी किङ्ग’ निर्माण हुने भएको छ । फिल्ममा अभिनेता विपिन कार्की मुख्य भूमिकामा रहने छन् । फिल्मका लागी विपिन संगै नायिका लक्ष्मी बर्देवा फाइनल भएकी छिन् । भदौ मध्यबाट फ्लोरमा जाने तयारी गरिएको फिल्मलाई प्रसाद निर्देशक दिनेश राउतले निर्माण गर्न लागेका हुन् ।

फिल्ममा विशाल सापकोटाको निर्देशन रहनेछ । पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुन लागेको फिल्म निर्माण घोषणा संगै रिलिज मिती समेत तोकिएको छ । फिल्म आउँदो फागुन २३ गते रिलिज गर्ने लक्ष्य निर्माण टिमले राखेको छ । हाल स्कृप्टको काम अन्तिम चरणमा पुगेको फिल्मको छायांकन काठमाडौँ र जुम्लामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal