तीज गीत ‘टिनको वाकस’ सार्वजनिक



हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरु बजारमा सार्वजनिक हुने क्रम तिव्र छ । दिनानुदिन धेरै तीजका भाकाहरु नेपाली संगीत बजारमा सार्वजनिक भइरहेका छन् । यसै बिचमा पृथक शैलीमा रहेको बिल्कुलै नयाँ तीज गीत ‘टिनको वाकस’ सार्वजनिक भएको छ ।

प्रतीक्षा वाग्ले र सुरज सापकोटाको प्रस्तुती रहेको उक्त गीतमा तेजश रेग्मी र प्रतीक्षा वाग्लेको स्वर रहेको छ भने गीतमा लय तथा शब्द तेजश रेग्मी कै रहेको छ ।

गीतमा आशिष अविरलको एरेन्ज, एचवीएन किस्मतको मिक्सिङ रहेको छ । सार्वजनिक गीतको भिडियोमा बर्दियाली मोडल सुनिल शाही, तेजश रेग्मी, पुजन घिमिरे र एलिना ठकुरीको नृत्य देख्न सकिन्छ । भिडियोमा शिव बिकको कोरियोग्राफी तथा निर्देशन, अजय रेग्मीको छायांकन र सुजन शाहीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal