‘न यता न उता’को खल्लो प्रिमियर



शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘न यता न उता’को विहिवार प्रिमियर कार्यक्रमको आयोजना गरिएको थियो । दुई अधवैशे यूवाको कथामा आधारित रहेको फिल्मको प्रिमियरमा कलाकारहरुको उपस्थिती भने निकै न्युन देखियो । फिल्मका मुख्य कलाकार र केही आफन्त संगै फिल्म पत्रकारहरुको उपस्थितीमा आयोजना भएको फिल्मको प्रिमियर कार्यक्रम खल्लो देखियो ।

लण्डनबाट बिहे गर्नका लागि नेपाल फर्किएका दुई अधवैशे यूवाको कथामा यस फिल्मको कथावस्तु घुमेको छ । फिल्ममा मिराज रोश, समिर दिक्षित, छुल्ठिम गुरुङ, वुद्दि तामाङ, ऋचा शर्मा, नम्रता सापकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । मिराज रोशको कथा तथा पटकथा रहेको फिल्ममा अभिमन्यू निरवीको संवाद, विपिन मल्लको सम्पादन, मिराज रोश र विरासत बस्नेतको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal