कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर राम्रो’

गायिका कोपिला गौतमको नयाँ तिज गीत ‘आमाले पकाएको दर राम्रो’ सार्वजनिक भएको छ । तिजको मौलिकता झल्किने गीतमा गोविन्दमधुर आचार्यले संगीत दिएका छन् भने उनकै संगीत संयोजन रहेको छ । लोकराज अधिकारीको शब्द रहेको ‘आमाले पकाएको दर राम्रो’ मा कोपिला गौतमको स्वर रहेको छ ।
यस गीतको भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् भने भिडियोमा गायिका गौतम संगै चाहना राना मगरको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतलाई शुभकामना मिडियाले बजार व्यवस्थापन गरेको हो ।