स्वस्तिमा र निश्चललाई ‘आर्दश जोडी’ सम्मान



नायिका स्वस्तिमा खड्का र निर्देशक तथा कलाकार निश्चल बस्नेतलाई ‘आर्दश जोडी’ सम्मान प्रदान गरिएको छ । ललितपुरमा आयोजित एक तीज कार्यक्रममा आर्दश जोडीको रुपमा समाजमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यी दुइलाई सम्मानित गरिएको हो ।

ललित ब्यूटिसियन बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड र ललित फरिया घरले आयोजना गरेको ‘तीज माइती मेला तथा सम्मान २०७६’मा निश्चल र स्वस्तिमालाई उक्त सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै नायिका स्वस्तिमा खड्काले सम्मानका लागि धन्यवाद दिइन् । निर्देशक निश्चल बस्नेतले भने–‘हामीलाई थाहा छैन, हामी यसका लागि लायक छौँ या छैनौ, तर सम्मान गरिदिनुभएकोमा धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal