भदौ २७मा चार फिल्म



दिपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ भदौ २७ मा रिलिज हुने अनौपचारिक घोषणा फिल्मका निर्माता रोहित अधिकारीले गरेका छन् । उनले सामाजिक संजालमा पोस्ट गरेको स्टाटसलाई आधार मान्ने हो भने फिल्म भदौ २७ बाट प्रदर्शनमा आउनेछ । ‘भदौ २७ इट्स अफिसियल, बाँकी मिलाएर बुझ्नुस्’, भन्दै उनले स्टाटस पोस्ट गरेका छन् ।

फिल्म ‘हृदय भरी’, ‘पासवर्ड’ र ‘लभ यू हमेशा’ले यस अघि नै भदौ २७लाई आफ्नो प्रदर्शन मिती तय गरिसकेका छन् । यदी भदौ २७मा छ माया छपक्कै प्रदर्शनमा आए सो दिन ४ नेपाली फिल्म प्रदर्शनमा आउने छन् ।

दशैँलाई आफ्नो फिल्म प्रदर्शनको मुख्य समय बनाउँदै आएका दीपक-दीपाले यस फिल्मलाई दशैँमा रिलिज गर्ने तयारी गरेका थिए । तर, असोज ३ गते फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा आउने भएपछी उनीहरुले आफ्नो फिल्म प्रदर्शन अगाडी सार्ने मनस्थिती बनाएको बुझ्न सकिन्छ । यसअघी असोज ३ , १० वा १७ मध्य कुनै एक डेटमा फिल्म प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्षले गरेको हल्ला चलेको थियो ।

भदौ २७लाई ‘छ माया छपक्कै’को अनौपचारिक रिलिज मिती तय गरेको फिल्म निर्माण यूनिटले फिल्मको पोस्ट प्रोडक्सनको काम सकिएमा सोही डेटमा फिल्म प्रदर्शन गर्ने चर्चा चलेको छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा केकी अधिकारी, दिपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायतको अभिनय रहेको छ । फिल्ममा सल्लाहकार निर्देशकको रुपमा दीपाश्री निरौला रहेकी छिन् ।

छ माया छपक्कैले आफ्नो प्रदर्शन मिती अगाडी सारे संगै सोही दिन प्रदर्शनमा आउन लागेका अन्य ३ फिल्म भने चेपुवामा पर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal