सृजना बनिन ‘मिसेज नेपाल ग्रान्ड’



दोश्रो संस्करणको मिसेज नेपाल ग्रान्ड २०१९ को उपाधी सृजना श्रेष्ठले जितेकी छिन् । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा सृजनाले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि सहित विभिन्न उपहार जितिन् । उनले मोस्ट ट्यालेन्ट, बेस्ट क्याटवाक र मस्ट फोटोफोजेनिकको उपाधी समेत जितिन् ।

सो प्रतियोगितामा मिसेज नेपाल ग्रान्ड फस्ट रनर अपको उपाधी अञ्जली केसी शाहले प्राप्त गरिन् । अञ्जलीले मोस्ट पपुलर र सोसियल वेलफेयरको उपाधी पनि हाँसिल गरिन् ।

यस्तै सेकेन्ड रनर अपको उपाधी सृजना थापा श्रेष्ठले र म्यानेजमेन्ट च्वाईस सहित थर्ड रनरअपको उपाधी एलिना घिसिङले पाईन् ।

सो प्रतियोगितामा भिवर्स च्वाईस सहित पब्लिक च्वाईसको उपाधी उषा राना केसीले. बेस्ट हेयरको उपाधी रविना थापाले, बेस्ट भ्युजको उपाधी इच्छा राईले, मस्ट ब्युटिफुलको उपाधी चेलिनले, बेस्ट स्किन र बेस्ट स्माईल उपाधी पूर्णिमा कोईरालाले र मोस्ट एक्टिभको उपाधी सृजना श्रेष्ठले हाँसिल गरे ।

यल मिडियाद्धारा आयोजित यो प्रतियोगितामा अभिनेत्री सञ्चिता लुईटेल, सञ्चारकर्मी सरोज प्याकुरेल, सूर्य चन्द सहित एलिजा महर्जन, चन्दा थापा गिरी निर्णयक रहेका थिए ।

गृहणीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताइन् । सो प्रतियोगिताको संयोजना दीपा सेढाईंले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal