मुरारीको संगीतमा अन्जु पन्तको ‘पानी भर्ने’ (भिडियो)



युवा गायक तथा संगीतकार मुरारी गुरागाईको संगीतमा ‘पानी भर्ने’ बोलको गजल सार्वजनिक भएको छ । उक्त गजलमा चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ ।

गजलकार शिशिर भट्टराईले ग्रामीण बिम्बहरुलाई सरल ढंगले गजल शब्दमा उतारेका छन् । गम्भीर विष्टले निर्देशन तथा कोरियोग्राफी गरेको उक्त भिडियोमा गम्भीर र जेबिका कार्की फिचर्ड छन् ।

प्रकाश मिश्रको रेकर्डिङ तथा मिक्सिङ, फडिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोमा नबराज उप्रेतीको छायांकन र नविन निरौलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal