पर्यटन मन्त्री योगेश भट्टराईले सम्हाले कार्यभार



नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले कार्यभार सम्हालेका छन् ।

शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार दिउँसो ४ बजे पद तथा गोपनियताको शपथ लिएलगत्तै भट्टराई सिधै सिंहदबारस्थित पर्यटन मन्त्रालय पुगेर कार्यभार ग्रहण गरेका हुन् ।

ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईलाई आजै प्रधानमन्त्री केपी ओलीले मन्त्रीमा नियुक्त गरेका हुन् । उनी पहिलो पटक मन्त्री बनेका हुन् ।

तस्विर : कृष्ण पौड्याल/प्रधानमन्त्रीका फोटोग्राफर

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal