विप्लव समूहद्वारा मकवानपुरमा दुई गाडीमा आगजनी



विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सम्बद्ध समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।

विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नं को कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नं को ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएकाछन् ।

कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उहाँले बताउनुभयो । यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभञ्याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal