दिवस र सुजाताको प्रेममा सुनिल बाधक, ‘रे’ ट्रेलर



साउन २४ गतेबट प्रदर्शनमा आउन लागेको फिल्म ‘रे’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन प्रधान ट्रेलरमा फिल्मका मुख्य कलाकार सुनिल थापा, नायक दिवस धिताल, नायिका सुजाता थापा लगायत अटेका छन् । ट्रेलरमा दुई प्रेमीको प्रेमका बाधकको रुपमा कलाकार सुनिल थापालाई देखाइएको छ ।

दिनेश पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशी लगायतको समेत अभिनय रहेको छ । फिल्ममा किशोर खतिवडा विशेष भूमिकामा प्रस्तुत छन् । फिल्ममा कुमार श्रेष्ठको द्वन्द, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश बिशुँखे र महेन्द्र थापाको सम्पादन रहेको छ । सगुन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा राजेन्द्र त्रिपाठीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal