जापानमा ‘बिर बिक्रम २’



नेपाल प्रदर्शन पश्चात लण्डनमा ग्राण्ड प्रिमियर गरिएको फिल्म ‘बिर बिक्रम २’को जापान प्रदर्शन सुरु भएको छ । फिल्म प्रदर्शनका लागी नायक पल शाह, नायिका बर्षा सिवाकोटी, कलाकार बुद्धी तामाङ, निर्देशक मिलन चाम्स लगायत जापान पुगेका छन् । जापानको नगोयाबाट सुरु भएको फिल्मको प्रदर्शन अन्य आधा दर्जन शहरमा समेत गरिने निर्देशक मिलन चाम्सले बताए । जुलाई २८ तारिक नाकामाज ब्यान्डको आयोजनामा नगोयामा फिल्मको ग्राण्ड प्रिमियर गरिएको थियो ।

दुई युवा बिचको मित्रताको कथा समेटिएको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा नाजिर हुसेन, देशभक्त खनाल, बिनिषा भण्डारी, सौरव शाह, मनिष लिम्बू, बिनोद सुवेदी खत्री, सन्तोष खनाल लगायतको समेत अभिनय रहेको छ । अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा सुदीप बरालको छायांकन रहेको छ भने सम्पादन बनिष शाहले गरेका हुन् । फिल्मको कथा लेखन प्रदिप भारदाजको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal