फिल्म ‘लक्का जवान’मा नायिका बर्षा सिवाकोटी फाइनल



कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहने फिल्म ‘लक्का जवान’मा नायिका बर्षा सिवाकोटी फाइनल भएकी छिन् । बुझिए अनुसार नायिका सिवाकोटी र फिल्म निर्माण यूनिट बिच मौखिक सहमती भइसकेको छ । हाल फिल्म ‘बिर विक्रम २’ प्रदर्शनको लागी नायिका सिवाकोटी देश बाहिर रहेकाले लिखित सम्झौता भने हुन सकेको छैन । उनी नेपाल आएपछी लिखित सम्झौता गरिने श्रोतले बतायो ।

निर्माता तथा कलाकार किरण केसीको जन्मदिन पारेर केही समय अगाडी लक्का जवान निर्माण घोषणा गरिएको थियो । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा यो फिल्म बन्ने छ । पारिवारिक तथा कमेडी कथामा बन्न लागेको फिल्ममा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने छ भने सह–निर्मातामा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal