यसरी पत्ता लाग्यो तिलिचोभन्दा अग्लोमा ताल



मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच पर्यटन प्रवर्दन गर्न के गर्न सकिन्छ भन्ने बिषयमा छलफल चलिरहेको थियो । त्यहि समयमा उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश लमजुङ हिमाल बेसक्याप नजिकै एउटा कुण्डको आकृति देखियो । गुगल म्यापमा त्यसको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो ।

अध्यक्ष घले लगायतको टोलिले यस बिसयमा गाउँका बुढापाका तथा गोठालाहरुसँग सोधे । गोठालाहरुले ताल छ भनेपनि उक्त ठाउँमा जाने जुक्ति निकाले । पाका उमेरका गोठाला जान नसकेपछि २२ वर्षे भेडी गोठाला भैर गुरुङलाई लिएर २९ जनाको टोली त्यो ठाउँतिर लाग्यो । उनीहरु दुई दिनमा तालछेउ पुगे ।

त्रिकोण आकारमा रहेको ताल मनमोहक देखेपछि मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चामेका इन्स्पेकटर बाबुराम लम्सालले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) बाट उचाइ नापे ।

५ हजार २ मिटर उचाइमा ताल देखेपछि प्रष्ट भयो, संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) भन्दा अग्लो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal