कोही जुध्न आउँछ भने जुध्न तयार छौँ – ‘लभ डायरिज’ निर्देशक चौधरी



काठमाडौंमा एक कार्यक्रमको आयोजाना गरी फिल्म ‘लभ डायरिज’को पहिलो गीत सार्वजनिक गरियो । फिल्म असोज ३ गते देखी प्रदर्शनमा आउँदै छ । फिल्म प्रदर्शनका लागी यो डेट तीन महिना अगाडी नै फाइनल गरिएको फिल्मका निर्देशक सौरभ चौधरीले बताए ।

तर, अहिले आएर सोही मितीमा फिल्म कबड्डी कबड्डी कबड्डी पनि प्रदर्शनमा आउने भएको छ । दुवै फिल्मका भ्याली भित्रका वितरक फरक भए पनि भ्याली बाहिरका वितरक भने एकै हुन् उज्ज्वल पौडेल र मनोज राठी । एकै मितीमा एकै वितरकका दुई फिल्म प्रदर्शनमा आउने भएपछी फिल्मका एसोसिएट निर्देशक साहिल खानले वितरक प्रती दुखेसो रहेको बताए । फिल्मका लागी जतीसक्दो धेरै हल उपलब्ध गराउने भनेका वितरकले अर्को फिल्म पनि वितरणको जिम्मा लिएकाले उनले दुखेसो पोखेका हुन् ।

तर, सोही विषयमा फिल्मका निर्देशक सौरभ चौधरीले भने आक्रोस पोखे । ‘नयाँहरुका लागी त मार्ग दर्शक बन्नु पर्ने हो पुराना फिल्मकर्मी । नयाँलाई स्पेस दिनुपर्ने, प्रोमोट गर्नु पर्ने हो । तर, अर्काले फाइनल गरेको डेटमा जुध्न आउने यही हो त स्पेस दिएको ?’, निर्देशक चौधरीले प्रश्न गरे । उनले कुनै पनि हालतमा असोज ३ मा फिल्म प्रदर्शनमा ल्याउने बताए । ‘हामी २ वटा मात्र होइन १० वटा फिल्म नै जुध्न आए पनि रिलिज डेट हेरफेर गर्दैनौँ’, उनले भने ।

फिल्मलाई स्तरिय बनाउने सवालमा कुनै कसर बाँकी नराखेको भन्दै कोही जुध्न आउँछ भने आफु जुध्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal