फिल्म ‘लभ डायरिज’को पहिलो गीत ‘सुन्यौ कि सुनिनौ’ सार्वजनिक



नायक सुशिल श्रेष्ठ र नव–नायिका रुविना थापाको मुख्य भूमिका रहेको फिल्म ‘लभ डायरिज’को पहिलो गीत ‘सुन्यौ कि सुनिनौ’को भिडियो सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण यूनिटले फिल्मको रोमान्टिक गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतको भिडियोमा सुशिल र रुविना फिचर्ड छन् ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर रहेको छ । विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको भिडियो संजय लामाले खिचेका हुन् ।

सौरभ चौधरीको निर्देशनमा तयार भएको यस फिल्मका एसोसियट डिरेक्टर साहिल खान हुन् । विनोद सापकोटाको निर्माण रहेको फिल्मका सह-निर्माता सरोज तुलाधर हुन् । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, मधु बास्तोलाको कथा तथा पटकथा रहेको छ । फिल्म असोजको ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal