पोस्टरमा सन्नी लिओनीको फोटो राख्दैमा फिल्म चल्छ र ?



भदौ २७ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘पासवर्ड’को केही थान पोस्टर सार्वजनिक भएका छन् । ती पोस्टरमा बलिउड नायिका सन्नी लिओनीलाई विशेष स्थान दिइएको छ । फिल्ममा सन्नीको आइटम गीत समावेश छ । निर्माण टिमले आइटम गीत संगै केही सिनमा सन्नी रहेको बताएका छन् । फिल्म निर्माण सुरु भए देखी नै पासवर्डको प्रचारमा सन्नीले विशेष स्थान पाउँदै आएकी छिन् ।

फिल्ममा चर्चित नेपाली कलाकारहरुको जम्बो टोली छ । तर, निर्माण यूनिटले सार्वजनिक गरेको पोस्टरमा नेपाली कलाकार भन्दा पनि सन्नीलाई प्राथमिकता दिइएको छ । आखिर एउटा आइटम गीतमा नाचेकी सन्नीलाई किन पोस्टरमा त्यती धेरै महत्व ? के निर्माण टिमलाई नेपाली कलाकार माथी भरोसा नभएको हो ? कि सन्नीको फोटो पोस्टरमा देखेर दर्शक हल सम्म फिल्म हेर्न आउँछन् भन्ने लागेको हो ? राम्रो चल्न र दर्शकलाई हल सम्म तान्न फिल्मको कथावस्तु र प्रस्तुती नै बलियो हुनुपर्छ । पोस्टरमा सन्नीको फोटो राख्दैमा फिल्म चल्छ र ?

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal