हुवावेको फाईभ जी फोन सार्वजनिक



चीनको स्मार्टफोन निर्माता कम्पनी ‘हुवावे’ले नयाँ फाईभ जी फोन सार्वजनिक गरेको छ । चीनमा सार्वजनिक गरिएको फोनमा हुवावेको आफ्नै अपरेटिङ सिस्टम ‘होनमेंग’ राखिएको छ ।

केही महिना अगाडी अमेरिकाको प्रतिबन्धका कारण गुगलले सेवा रोक्ने चेतावनी दिएपछी हुवावेले आफ्नो छुट्टै अपरेटिङ सिस्टम निर्माण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी पछि फेसबुक, गुगल जस्ता कम्पनीले हुवावेलाई सेवा उपलब्ध नगराउने घोषणा गरेका थिए । हुवावेले सार्वजनिक गरेको आँफै अपरेटिङ सिस्टम सहितको ‘मेट ट्वान्टि एक्स जी’ फोनको मूल्य ९ सय १ डलर राखिएको छ ।

होनमेंग अपरेटिङ सिस्टमका टिभि स्कृन समेत सार्वजनिक गर्ने हुवावेले घोषणा गरेको छ । हुवावेले फाईभ जीका कारण कुनै पनि सुरक्षा खतरा नरहेको दाबी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal