कन्फर्म : अस्टको डेब्यु निर्देशन रहने फिल्ममा सारा र प्रितमराजको जोडी



द्वन्द निर्देशकको रुपमा नेपाली फिल्म क्षेत्रमा स्थापित नाम हो अष्ट मान महर्जन । लामो समय द्वन्द निर्देशकको रुपमा संगालेको अनुभवलाई संगालेर उनले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । महेश दवाडीको कथा रहेको फिल्म पुर्णतया प्रेम कथामा आधारित रहनेछ । फिल्मको नाम भने खुलाइएको छैन ।

दर्जनौँ नेपाली तथा भोजपुरी फिल्ममा द्वन्द निर्देशन गरेका महर्जनले फरक शैलीको प्रेम कथामा फिल्म निर्माण हुन लागेको बताए । ए.एच इन्टरटेनमेन्ट प्रा.ली.को ब्यानरमा निर्माण हुने उक्त फिल्मलाई हिरा कृष्ण शाहीको प्रस्तुतीमा हिरा कृष्ण स्वयम र सुनिता शाहीले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।

फिल्मको मुख्य भूमिकामा रुद्र डेब्यु नायिका सारा सिर्पाइलीका साथमा नवनायक प्रितमराज सेञ्चुरी फाइनल भएका छन् । सारा र प्रितम संगै फिल्मका लागी सरोज खनाल र हिउवाला गौतम फाइनल भइसकेका छन् भने अन्य कलाकार छनोट कार्य भइरहेको निर्देशक महर्जनले इन्ट्रो नेपाललाई बताए ।

छिट्टै छायांकन सुरु हुने फिल्मको केही दिनमा औपचारिक घोषणा गर्ने तयारीमा निर्माण यूनिट रहेको छ । फिल्ममा अर्जुन पोखरेल र कल्याण घिमिरेको संगीत, राजेश श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । फिल्म काठमाडौं र पोखरमा छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal