फिल्म ‘पासवर्ड’को पोस्टर सार्वजनिक

फिल्म ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सहित बलिउड अभिनेत्री सन्नी लिओनीलाई समेटिएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार अनुप बिक्रम शाही र विक्रम जोशीको क्रोध देखाइएको छ ।
फिल्म भित्र यी दुई बिचको द्वन्दात्मक कथा समेटिएको पोस्टरले प्रस्ट्याउछ । अर्को पोस्टरमा फिल्मको एक आइटम गीतमा नृत्य गरेकी सन्नीको कामुक रुप पोस्टरमा देख्न सकिन्छ भने फिल्मका कलाकार बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायत अटाएका छन् ।

सम्राट बस्नेतको निर्देशन रहेको फिल्ममा एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको हो । हिरल जोशी र अमित बस्नेतको संयुक्त निर्माण रहेको फिल्ममा अकिंत गौतम कार्यकारी निर्माता रहेका छन् भने अजित के थापा सह-निर्माताको रुपमा रहेका छन् ।
एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको फिल्ममा सौरभ लामाको छायाँकन रहेको छ । फिल्म भदौ २७ गते देखी प्रदर्शनमा आउने छ ।