मेलिनाको ‘नाचौँ छम्म छम्म’मा पल र आँचलको छमछमी (भिडियो)

नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको ‘नाचौँ छम्म छम्म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
चर्चित संगीतकार कमल अधिकारी तथा चर्चित गाईका मेलिना राइको स्वर रहेको उक्त गीतमा गीतकार तथा उपन्यासकार हरी कटुवालको शब्द रहेको छ । उक्त गीतमा संगीत र संगीत संयोजन गायक अधिकारीकै रहेको छ ।
भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको छायाङ्कन रहेको छ । भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।