भारतमा नेपाली फिल्मको सहज सेन्सर हुने



अब भारतमा नेपाली फिल्मको सहज सेन्सर हुने भएको छ । सन् २०१७ जुलाई ९ मा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भारतीय सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीसँग भेट गरेर नेपाली फिल्मको भारतमा सहज सेन्सरको लागि माग गर्दै पत्र बुझाएका थिए ।

शुक्रबारबाट भारतीय सेन्सर बोर्डले नेपाली फिल्मको सेन्सरका लागि सहज व्यवस्था मिलाएको छ । नेपाली फिल्मको भारतमा सेन्सर गर्न अब नेपाली निर्माताले अनेकन झमेला झेल्नु पर्ने अवस्थाको अन्त्य भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । नेपाली चलचित्र सेन्सरका लागि अनलाइनबाट डेट लिन सकिने र नेपाली भाषाको स्क्रिप्ट नै सेन्सरका लागि समावेश गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal