‘साहो’ को लागि ६५ करोड खर्च गरेर मरुभूमिमा बनाइयो फ्यूचर सिटी



साउथका चर्चित एक्टर प्रभाश अभिनीत साहो अगष्ट ३० का दिनदेखि प्रदर्शन हुँदैछ। यो चलचित्रको लागी धेरै नै गरिएको छ, जुन केहि अगाडी सार्वजनिक भएको फिल्मको टीजरबाट नै प्रस्ट हुन्छ।

केही दिनअघि सार्वजनिक भएको फिल्मको टीजरले दर्शकको मन जितिरहेको छ । टिजरमा एक अत्याधुनिक शहर देखाइएको छ। यो शहर कुन देशमा कहाँ छ ? सबैको चासोको बिषय हुन सक्छ, यो फिल्मको लागि तयार पारिएको सेटमात्र हो जुन आबु धाबिको मरुभूमिमा बनाइएको हो।

यो सेटलाइ तयार पार्न भारतीय रुपैया ६५ करोड खर्च गरिएको छ। फिल्मको निर्माण डिजाइनर साबु सिरिलले यो काम गरेका थिए। ३ सय करोड भारु लगानी गरिएको फिल्मले आफ्नो लगानी चाहिं कसरी सुरक्षित गर्ला त ?

प्रतिक्रिया दिनुहोस्
© 2022 Intro Nepal