‘जब घाम ढल्छ’ बाट निर्मलको गायनमा डेब्यु



संचार कर्ममा लागेको लामो समय पछी संचारकर्मी निर्मल दाहालले नेपाली संगीतको क्षेत्रमा पाइला चालेका छन् । गायक सुगम पोखरेल र नविन के भट्टराईसंग निकट रहेका दाहाल ‘जब घाम ढल्छ’ बोलको गीत संगै गायन क्षेत्रमा होमिएका हुन् ।

रोशन सुवेदीको शब्दमा निविन के भट्टराईको संगीत रहेको उक्त गीतमा संगीत संयोजन विशाल पौडेलको रहेको छ । सार्वजनिक गीतको भिडियोमा गायक दाहालसंगै एलिजा बस्नेत फिचर्ड छन् । ज्ञानेन्द्र शर्माको छायांकन तथा निर्देशन रहेको भिडियोलाई सुप्रिम पराजुली (इन्टेन्स इल्ड)ले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal