मिनाको आवाजमा ‘जाइरा’को आइटम गीत ‘यो मात चडेको साँझ’



चर्चित गायिका मिना निरौलाको आवाजमा रहेको फिल्म ‘जाइरा’को आइटम गीत ‘यो मात चढेको साँझ’ सार्वजनिक भएको छ । सन् १९७४ मा प्रदर्शन भएको फिल्म ‘मनको बाँध’मा समावेश उक्त गीतलाई रिमेक गरेर जाइरामा समावेश गरिएको हो । रिमेक गरिएको गीत फिरोज बज्राचार्य र डिजे राजुले रि-एरेञ्ज गरेका हुन् । ओरिजिनल गीतमा किरण खरेलले शब्द, शिव शंकरको संगीत तथा मिरा राणाको स्वर रहेको थियो । सार्वजनिक आइटम गीतको भिडियोमा तनुजा गुरुङ फिचर्ड छिन् । उनको साथमा फिल्मका मुख्य दुई कलाकार प्रमोद अग्रहरी र श्रृजना रेग्मी समेतलाई उक्त भिडियोमा देख्न सकिन्छ । भिडियोमा गोविन्द राईको करियोग्राफी रहेको छ ।

नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको जाइरामा एक्सन लभ स्टोरी समेटिएको छ । फिल्ममा नम्रता मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत भएकी छिन् । चलचित्रमा अनुप बिक्रम शाही, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ र सम्राट मगरको समेत मुख्य भूमिका रहेको छ । आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा निर्देशक श्रेष्ठ र निरोज महर्जनको कथा लेखन रहेको छ । ‘नम्रता श्रेष्ठ प्रोडक्शन’ र ‘ट्रेन्डसेटर्स प्रालि’को प्रस्तुती रहेको फिल्म ‘कटामरी फिल्मस्’को ब्यानरमा निर्माण भएको हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन तथा लोकेश बज्रचार्यको सम्पादन रहेको छ । फिल्म भदौ ६ गते देखी प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal