नविनको तीज गीतमा देशको वेथिती



नविन पौडेल र पूर्णकला विसीको स्वरमा रहेको नयाँ तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘बोल्नु पर्छ ओइ’ बोलको गीतलाई ब्याङ्ग्यात्मक शैलीमा तयार गरिएको छ । उक्त गीतमा दिग्गज धौरालीको शब्द तथा विष्णु प्रसाद घिमिरेको संगीत रहेको छ ।

गीतबाट देशमा भएका वेथिती, बिसंगती, कु-संस्कार, भ्रस्टाचार एवम् लुटतन्त्रविरुद्ध चोटिलो प्रहार गरिएको छ । एउटै गल्तीमा कसैलाई जेल र कसैलाई सफाइ दिनु हुदैँन भन्ने कुरालाई पनि गीतमा समेटेका छौँ, गायक पौडेल भन्छन्, परदेशीको रेमिटेन्सले मुलुक चल्ने गर्छ, नोट चल्ने भोट नचल्ने नीति फेर्नै पर्छ भनेर विदेशमा रहेका नेपालीको पिडालाई पनि देखाउने कोशिस गरेका छौँ । उनले भ्रष्ट्रचारी र घुस्याहा कर्मचारीलाई पनि तिखो प्रहार गरेको बताए ।

शंकर विसीको निर्देशनमा बनेको भिडियोमा शंकर विसी र रिना थापाको अभिनय रहेको छ । दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई नविन घर्तीमगरले सम्पादन गरेका छन् ।

नविनले यस अघि पनि देशको अवस्था अनुरुप गीतहरु बजारमा ल्याउँदै आएका छन् । उनको दुःखका दिन गए, नयाँ पार्टी खोल्छु, बैंश आको छोरीलाई जोगाउनै गाह्रो लगायत गीतहरु सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal